छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह
- चैत्र ७, २०७९
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिदै उनले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन ।
प्रधानमन्त्रीले भने, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।
–रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







