प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु

news-details

संसदबाट दोस्रोपटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु गरेका छन ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै अब मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत हुने सत्ता साझेदार दलहरुले बताएका छन् । मन्त्रालय भागवण्डामा केन्द्रीत बनेका सत्ता साझेदार दलहरुले अब केही दिन भित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

संसद्‍मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेका छन । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ ।

सत्ता गठबन्धनमा धेरै दल रहेकाले सहजताका लागि प्रधानमन्त्रीले उनीहरुको संसद्मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव गरेका हुन । आजदेखि सुरु हुने सत्ता साझेदार दलको बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले पनि दुई चार दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन । प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

राष्ट्रपति निर्वाचनमा नयाँ राजनीतिक समिकरण बनेसंगै एमाले र राप्रपा सरकार वाट बाहिरिएका थिए । सरकार बनेको दुई महिनामै गठबन्धन भत्किएपछि प्रधानमन्त्रीलाई मन्त्रालयको भार थपिएको थियो । एमाले र राप्रपा सरकारबाट बाहिरीएसंगै उनीहरुले नेृतत्व गरेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आएका छन छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया