स्ववियु निर्वाचनको मतदान सुरु

news-details

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनको मतदान सुरु भएको छ।

अधिकांश क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। मतदान अपराह्न ४ बजेसम्म चल्नेछ। योग्य नेतृत्व चयन गर्न विवेक प्रयोग गरी निर्धक्क रुपमा मतदान गर्न त्रिभुवन विश्वविद्यालयले आग्रह गरेको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। तीमध्ये ४८ वटा आंगिक र एक तिहाइ सम्बन्धनप्राप्त क्याम्पसमा आज स्ववियु निर्वाचन हुन लागेको हो। विद्यार्थी संगठनबीचको विवादका कारण काठमाडौं उपत्यकाका रत्नराज्य, त्रिचन्द्र, मीनभवन, पाटन, आयुर्वेदलगायत १२ वटा आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ भने धनकुटा र गोरखा क्याम्पसमा नेतृत्व निर्विरोध निर्वाचित भइसकेको छ।

स्ववियु निर्वाचन प्रत्येक दुई वर्षमा हुनुपर्ने प्रावधान छ। २०७३ सालमा २६ वटा आंगिक क्याम्पसमा भए पनि २०६५ यता अधिकांश क्याम्पसमा नियमित चुनाव हुन सकेको छैन।

स्ववियुका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनिनेछन् भने उपाध्यक्ष तथा सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट छानिनेछन्।

स्ववियु निर्वाचनमा प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनबीच नै मुख्य प्रतिस्पर्धा हुने छ। यसपटक नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले तालमेल गरेका छन् भने एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अलग्गै चुनावी मैदानमा छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया