शीतलनिवासमा आज चियापान कार्यक्रम, सबै सांसदलाई राष्ट्रपतिको निम्तो
- चैत्र ४, २०७९
- 0
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार चियापान समारोह आयोजना गर्दैछन्।
संघीय संसद र सातै प्रदेशसभा सदस्यलाई निम्तो गरी राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतलनिवासमा चियापान कार्यक्रम गर्न लागेका हुन्।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसद, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरेको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले जानकारी दिए।
राष्ट्रपति पौडेललेपहिलोपटक चियापान कार्यक्रम गर्न लागेका हुन्। उपराष्ट्रपतिको निर्वाचनका लागि अधिकांश सांसद काठमाडौं आइपुगेका वेला चियापान कार्यक्रमको मौका छोपिएको हो।
पौडेलले गत फागुन २९ पदभार ग्रहण गरेका हुन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







