उपराष्ट्रपति निर्वाचन : क्रियापुत्री सांसदले गरे मतदान
- चैत्र ३, २०७९
- 0
उपराष्ट्रपति पदका लागि जारी निर्वाचनमा क्रियापुत्री सांसदले मतदान गरेका छन् ।
गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन्।
पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले बिहान पोखराबाट हवाइ जहाजमा यहाँ आएर मतदान गरेका हुन् । उनी दिउँसो पोखरा फर्किँदै छन् ।
‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा यहाँ आएर मतदान गरेको हुँ’, मतदानपछि उनले भने ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







