स्ववियु निर्वाचन : आज अन्तिम नामावली प्रकाशन
- फाल्गुन २९, २०७९
- 0
आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सोमबार उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुने भएको छ ।
सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ । यसअघि आइतबार उम्मेदवारको नामावली उपर दावी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका थियो ।
गत शनिबार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको थियो । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।
निर्वाचनमा देशभरिका त्रिवि अन्तर्गतका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने भएको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







