प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
- फाल्गुन २५, २०७९
- 0
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको द्वन्द्व पीडितहरूले दायर गरेको रिटमा आज बिहीबार सुनुवाइ हुँदैछ ।
गत मंगलबार प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको थियो । माओवादी द्वन्द्वकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
सर्वोच्चले अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो ।
प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजार मध्ये ५ हजार जनाको जिम्मा आफूले लिने बताएपछि उनीविरुद्ध रिट दर्ता भएको हो ।
आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ र इजलासले बहस सुनेर आदेश जारी गर्ने छ । आदेशपछि प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







