राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

news-details

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार हुने राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै पार्टी प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपा राष्ट्रपति चुनावमा तटस्थ बस्ने बताए।

‘निर्वाचन आचारसंहिता लागेकाले आजको बैठकबाट आधिकारिक निर्णय नगरे पनि राप्रपा निर्वाचनमा भाग लिँदैन, तटस्थ बस्छ’ उनले भने।

राजतन्त्रको वकालत गर्दै आएकाले राप्रपामा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने मत बलियो थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि राष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय गरिएको पत्रकारहरूलाई बताए।

‘राष्ट्रपतिका दुवै उम्मेदवारहरू सक्रिय राजनीतिमा रहेको र दुवै जना हालै प्रतिनिधि सभामा निर्वाचित भएको व्यक्तित्व हुनुहुन्छ। उहाँहरूबाट अभिभावकीय भूमिका र निष्पक्षता परिकल्पना गर्न हामीले सक्दैनौं,’ उनले भने, ‘त्यसकारण हामी यो निर्वाचनमा तटस्थ बस्न उपयुक्त हुन्छ भनेर निर्णय गरिएको हो।’

बिहीबार राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया