राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
- फाल्गुन २४, २०७९
- 0
राष्ट्रपति निर्वाचनबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेताहरूको धारणा लिने र राष्ट्रपति निर्वाचन निर्वाचनबारे निर्णय लिने बताइएको छ ।
राष्ट्रपति चयनका लागि भोलि बिहीबार मतदान हुँदैछ । राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० मतदाता छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







