राष्ट्रपतिका उम्मेदवार पौडेल र नेता खनालबीच भेटवार्ता
- फाल्गुन २२, २०७९
- 0
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका छन् । सोमबार बिहान खनाल निवास डल्लु पुगेर नेता पौडेलले भेट गरेको उनको सचिवालयले जनाएको छ।
उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। राष्ट्रपतिको उम्मेदवारलाई लिएर एकीकृत समाजवादीबीच विवाद छ। उनीहरु कोही पौडेललाई मत दिने पक्षमा छन् त कोही अर्का उम्मेदवार सुवास नेम्बाङलाई मत दिने पक्षमा देखिएका छन्।
एमाले नेताले खनाललाई भेटेर नेम्बाङले राष्ट्रपतिमा जिते खनाललाई सांसद बनाउने आश्वासन दिएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







