राष्ट्रपतिमा पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

news-details

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै पत्र पठाएका छन ।

देउवाले भोट मागेको पत्र कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार ओली निवास बालकोट पुगेर बुझाएका थिए ।

यसअघि एमालेका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका उपाध्यक्ष नेम्वाङलाई भोट हाल्न अध्यक्ष ओलीले कांग्रेसबाहेक दल र स्वतन्त्रलाई पत्र पठाएका थिए ।

गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा वरिष्ठ नेता पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेका नेता नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए ।

यही फागुन २५ गते राष्ट्रपतिका लागि मतदान हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया