लायन्स क्लब अफ काठमाडौं र रञ्जना व्यापार संघको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

news-details

काठमाडौं । ‘रक्तदान जीवनदान’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै लायन्स क्लब अफ काठमाडौं रञ्जना, रञ्जना सिस्टर्स, रक्तदाता समुह र रञ्जना व्यापार संघको आयोजनामा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौंको न्युरोडस्थित रञ्जना ट्रेड सेन्टरको प्रांगणमा आज सम्पन्न भएको कार्यक्रममा ड्रिष्ट्रिक चिफ एड्भाइजर लायन पार्वति खरेल पाण्डे रञ्जना व्यापार संघका संस्थापक अध्यक्ष तथा ड्रिष्ट्रिक कोर्डिनेटर ड्रिष्ट्रिक चिफ कृष्ण पराजुली, डिपार्टमेन्ट चिफ रामकुमार तिमल्सिना, रिजन चियर पर्सन धिरज श्रेष्ठ, लायन्स इन्टरनेशनल ३२५ आइकी जोन चियर पर्सन बबिता रोकाय, त्यसैगरी समाज सेवी स्वतन्त्र सेनानी तथा नेपालका सर्वाधिक रक्तदान गर्नुहुने (१७३ पटक) स्वयंसेवी रक्तदाता समाज का केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य, व्सोब्ल डोनर्स एशोसियसन नेपाल काठमाण्डौका डिष्ट्रीक अध्यक्ष जनक कुमार खडका लगायतको लगायतको उपस्थित रहेको थियो ।

कुनै पनि बिरामीले रगत अभावका कारण अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रञ्जना व्यापार संघले प्रत्येक ३–३ महिनामा रक्तदान कार्यक्रम गर्दै आएको बताउँदै संघकी अध्यक्ष बिना श्रेष्ठले सोही कार्यलाई निरन्तरता दिदै वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।त्यस्तै नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष केदारप्रसाद न्यौपानेले विभिन्न अस्पतालहरुमा रगतको अभाव भएको कारण रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।
यसै कार्यक्रम मार्फत आफूले ७२ औं पटक रक्तदान गर्न सफल भएको बताउँदै उहाँले आफ्ना हरेक शुभअवसरमा रक्तदान कार्यक्रम गर्दै आएको र सबैले आफ्नो शुभअवसरमा रक्तदान गरि कसैको जीवन जोगाउन सबैलाई आग्रह गर्नुभयो ।लायन्स क्लबहरु र रञ्जना व्यापार संघले रक्तदान कार्यक्रमको आयोजना गरि कसैको जीवन जोगाउन सहयोग गरेको भन्दै ड्रिष्ट्रिक चिफ एड्भाइजर लायन पार्वति खरेल पाण्डेले आयोजक संस्थाहरुले गरेको कामप्रति सम्मान प्रकट गर्नुभयो ।
अहिलेसम्म नेपाल रेडक्रस सोसाइटीमा ५० प्रतिशतभन्दा बढी रगत संकलन गर्न लायन्स क्लबहरुकै महत्वपुर्ण भुमिका रहेको बताउँदै उहाँले लायन्स क्लबले चाँडै नै लायन्स ब्लड बैंकको स्थापना गर्ने जानकारी दिनुभयो ।कार्यक्रमबाट एकदमै दुर्लभ ० नेगेटिभ रगत आवश्यक परेको बिरामीलाई व्यवसायी हरिप्रसाद मरासैनीले आफ्नो रगत दिई सहयोग गर्नुभएको थियो । साथै आफ्नो रगतले कसैको ज्यान जोगाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

त्यस्तै रगत लिन आउनुभएका बिरामीका आफन्त समीर न्यौपानेले रगत पाउन गाह्रो भएको अवस्थामा कार्यक्रममा आएर सहज रुपमा रगत उपलब्ध भएकोमा खुशी व्यक्त गर्दै आयोजक संस्थाहरुप्रति आभार प्रकट गर्नुभयो ।रञ्जना व्यापार संघका उपाध्यक्ष वसन्त फूँयालले संघ स्थापना भएदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि यस कार्यलाई निरन्तर गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले हरेक ३–३ महिनामा खेर जाने रगतलाई रक्तदान गरि कसैको जीवन जोगाउन सबैलाई आग्रह गर्नुभयो ।त्यस्तै संघका अर्का उपाध्यक्ष बिशाल गौतमले संघले रक्तदान बाहेक आपत् विपतहरुमा पनि सहयोग गर्दै आइरहेको बताउँदै आगामी दिनहरुमा रक्तदान लगायत अन्य सामाजिक कार्यहरुलाई पनि निरन्तरता दिदै जाने बताउनुभयो ।

कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष केदारप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।नेपालमा रहेको रक्तअभावलाई न्युनीकरण गर्नका लागि लायन्स क्लबहरु र रञ्जना व्यापार संघको महत्वपूर्ण भूमिका रहेको छ । रक्तदान मात्र नभएर अन्य विविध सामाजिक कार्यहरु पनि गर्दै आएका यी संस्थाहरु विशुद्ध सामाजिक संस्था भएकोले आगामी दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिदै जाने समेत प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया