सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने एमालेको निर्णय

news-details

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यसैगरी एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

योसँगै नेकपा एमाले सहितको गठबन्धन धरापमा परेको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसमा उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने निर्णय गरेपछि एमाले दाहालसँग असन्तुष्ट रहेको थियो । सत्ता गठबन्धनको मुख्य दल एमालेले समर्थन फिर्ता लिएपछि गठबन्धन संकटमा परेको छ । यद्यपि विश्वासको मत लिने बेला गत पुस २६ मा दाहालले दुई तिहाइभन्दा बढी मत प्राप्त गरेका थिए ।

सत्ता गठबन्धनमा रहेको अर्को दल राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिदैं सरकारबाट बाहिरी सकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया