प्रधानमन्त्री दाहालले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

news-details

प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन ।

मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन ।

प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजान भनेको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जेनेभा जान लागेकी थिइन ।

उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्ने छ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया