सार्वजनिक शौचालयलाई निरन्तरता दिन काठमाडौँ महानगरको आग्रह
- फाल्गुन १०, २०७९
- 0
काठमाडौँ महानगरपालिकाले गत जेठ १६ गतेको निर्णय र अनुरोध अनुसार आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएका सङ्घ संस्था र व्यवसायीलाई यो कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै महानगरले आफ्नो आग्रहलाई स्वीकार गरेकोमा धन्यवाद दिँदै यस कार्यलाई निरन्तरता दिन चाहने सङ्घ संस्थाले महानगरमा सम्पर्क गर्न पनि अनुरोध गरेको हाे ।
गत जेठमा महानगरले निजी शौचालयलाई सार्वजनिक गर्न आग्रह गरेपछि विभिन्न होटेल तथा सङ्घ संस्थाले महानगरको यो अभियानलाई साथ दिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







