सांसद अरुण चौधरी आज रिहा हुँदै
- फाल्गुन ७, २०७९
- 0
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी आइतबार कैलाली जिल्ला कारागारबाट रिहा हुने भएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएका कैदी बन्दीहरुको सूचीमा चौधरीको पनि नाम समावेश रहेको कारागार प्रशासनले जनाएको छ ।
आइतबार बिहान १० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिनेछ । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी हाल निलम्बनमा छन् ।
कैलाली जिल्ला कारागारमा रहेका सातजनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चारजनाको मात्रै माफी मिनाहा भएको छ ।
२०६६ साल भदौ ३ गते ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४ सय २३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
कैद भुक्तान नगरेको भन्दै चौधरीलाई गत माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







