५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि
- फाल्गुन ३, २०७९
- 0
नेकपा (एमाले) अध्यक्ष केपी ओली सरकारको पालामा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारी विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरू हुने भएको छ ।
ओली सरकारले अध्यादेश मार्फत संवैधानिक परिषदको स्वरुप परिवर्तन गरी विधि मिचेर नियुक्तिका लागि सिफारिस गरिएको भन्दै परेको रिटमाथिको सुनुवाई पटक पटक सर्दै आएको थियो ।
गत साउन ११ गते सर्वोच्च अदालतले पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधबार पेशी तोकिएको हो ।
नियुक्तिको सिफारिसमा संवैधानिक, कानूनी र प्रक्रियागत त्रुटी रहेको भन्दै नियुक्ति खारेज हुनुपर्ने माग गरिएको छ । साथै प्रतिनिधि सभा विघटन भएको अवस्थामा संसदीय सुनुवाइ नै नभई नियुक्ति गरिएकाले पनि सबै नियुक्ति बदर हुनुपर्ने माग गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







