साइनिङ्ग नेपाल फाउन्डेसन र भण्डारखाल ब्याडमिन्टर समुहद्धारा दीप प्रज्वलन तथा शोकसभा

news-details

काठमाडौं । साइनिङ्ग नेपाल फाउन्डेसन र भण्डारखाल ब्याडमिन्टरले गत माघ २३ गते टर्की र सिरियामा गएको बिनाशकारी भुकम्पमा परि दिवंगत भएका आत्माहरुको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन तथा शोक सभा मनाएका छन् ।

आइतबार साँझ पशुपतिनाथको गेटैमा दीप प्रज्वलन तथा शोकसभा मनाएर फाउन्डेसनले दिवगंत आत्माहरुप्रति चिरशान्ति प्रकट गरेको हो ।टर्की र सिरियामा गएको बिनासकारी महाभुकम्पमा परी अकालमै धेरै मानिसहरुले ज्यान गुमाउनुपरेको र उनीहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नको लागि दीप प्रज्वलन तथा शोकसभा कार्यक्रम आयोजना गरेको साइनिङ्ग नेपाल फाउन्डेसनका अध्यक्ष सुनिलमान अमात्यले जानकारी दिनुभयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष केदारप्रसाद न्यौपाने उक्त शोकसभामा उपस्थित जनाउँदै भुकम्पमा परि ज्यान गुमाउनुहुने हरुको दिवगंत आत्माको चिर शान्तिको कामनाका लागि दीप प्रज्वलन कार्यक्रममा आफू पनि सरिक हुन पाउँदा गर्भ महशुस भएको बताउनुभयो ।२०७२ साल बैशाख १२ गते नेपालमा बिनाशकारी महाभुकम्प आउँदा टर्की र सिरियाले आर्थिक रुपमा ठूलो सहयोग गरेको स्मरण गराउँदै उहाँले मानव शान्तिको निमित्त मानवजातिले गर्नुपर्ने कर्तव्य आयोजक संस्थाले पुरा गरेको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।शिक्षा, स्वास्थ्य र वातावरणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नका लागि वि.स. २०७८ सालमा स्थापना भएको यस संस्थाले स्थापनाको छोटो समयमै धेरै सामाजिक कार्यहरु गर्न सफल भएको छ । फ्रि हेल्थ क्याम्प, फ्रि आइ क्याम्प, २ वटा सामुदायिक विद्यालयमा एसइईमा विद्यालय प्रथम हुने ३ जना विद्यार्थीलार्ई ल्यापटप वितरण, भण्डारखाल, गौशाला, बानेश्वर एरियामा लगभग २ सय बिरुवाहरुको वृक्षरोपण, ब्याडमिन्टन टुर्नामेन्ट आयोजना जस्ता थुप्रै सामाजिक तथा खेलकुद आयोजना गरिसकेको छ । र आगामी दिनहरुमा पनि यस्ता थुप्रै सामाजिक कार्यहरु गर्दै जाने योजना रहेको फाउन्डेसनका अध्यक्ष अमात्यले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया