कुटपिट गरेको विरोधमा ट्रमा सेन्टरका चिकित्सकद्धारा चक्काजाम

news-details

राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा जनित सिंहलाई प्रहरीले कुटपिट गरेको हो ।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला डिउटीमा आइरहेका डा सिंहलाई वीर र ट्रमाको बीचमा प्रहरीले कुटपिट गरेको हो ।

ट्रमा सेन्टरका शाखा अधिकृत नवराज गौतमका टाउकोमा टुटुल्को उठ्ने गरी नै प्रहरीले डा सिंहलाई कुटपिट गरेका छन् ।

‘दुवै अस्पतालको चिकित्सकहरु जम्मा भएका छन् । विरोध चलिरहेको छ । प्रहरीहरु आएर छलफल गरिरहेका छन्,’ उनले भने । विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम समेत गरेको उनले बताए ।

संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया