लमजुङ केन्द्रविन्दु भएर भूकम्प

news-details

लमजुङको बुलबुले केन्द्रविन्दु भएर बुधबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ७ बजेर १७ मिनेट जाँदा ३ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङसहित आसपासका जिल्लामा महसुस गरिएको थियो । नेपालको भूभागमा यसअघि माघ १० गते बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै कात्तिकमा पनि डोटी केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा परि ६ जनाले ज्यान गुमाएका थिए ।

नेपालमा २०७२ साल बैशाखको भूकम्पपछि हजारौ पराकम्पहरु आइरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया