लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदै

news-details

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ ।

राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ नेकपा एमालेबाट कुमार दसौदी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय चुनावी प्रतिष्पर्धामा छन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया