रास्वपाको बैठक स्थगित, आइतबार बिहान पुन: बस्ने

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक बैठक आइतबार बिहान पुन: बस्ने गरी सकिएको छ ।

वसुन्धरास्थित पार्टी मुख्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकमा गठबन्धनसँगको सहकार्य, सत्ता साझेदारी, गृहमन्त्रालयको विषयमा छलफल भएको सांसद सन्तोष परियारले जानकारी दिएका छन ।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको उनले जानकारी दिए । आइतबार बिहान साढे ११ बजे बस्ने अर्को बैठकले सत्ता साझेदारी र समसामयिक राजनीतिक घटनाका विषयमा निर्णय गर्ने उनको भनाइ छ ।

बैठकमा केही नेता उपस्थित हुन नसकेका कारण आइतबार अर्को बैठक बस्ने निर्णय भएको उनले जानकारी दिएका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया