धनुषामा हिरासत तोडेर ६ अभियुक्त फरार

news-details

मधेश प्रदेशको धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन् ।

आज सोमबार बिहान २ बजेदेखि ४ बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।

उनले हिरासतमा रहेका ७ जना अभियुक्त मध्ये ६ जना फरार भएको बताए । उनले फरार भएका ६ जनाको खोजी कार्य तीब्र पारिएको जानकारी दिए ।

उनीहरुमाथि हातहतियार, लागुऔषध र अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया