राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन
- माघ १५, २०७९
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुनस् रवि लामिछाने चयन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।
लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।
रवि लामिछानेलाई सभापति चुन्न रास्वपाका आजै छोटो समयमा तीन बैठक बसे। पहिलो बैठकमा रविलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरि पारित गरिएको थियो । दोस्रो बैठकमा सभापति प्रस्ताव गरीएको थियो । तेस्रो बैठक रविको सभापतित्वमा चलिरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







