माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

news-details

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ ।

बिहीबारदेखि सुरू भएको स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्न लागेको हो ।

बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेको उनले बताए ।

अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले शुक्रबार आ–आफ्नो धारणा राख्नेछन् ।

पार्टी एकता र संगठन बिस्तार पनि बैठकको एजेण्डा रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया