गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज पनि सुनुवाइ हुँदै, सर्वोच्चले आजै निर्णय दिने सम्भावना 

news-details

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुने भएको छ ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको थियो । गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा शुक्रबार नै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका थिए ।

अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई लगाइएको छ ।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद हुन समेत अयोग्य रहेको भन्दै लामिछानेलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया