कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकाललाई स्थगित
- माघ १२, २०७९
- 0
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
माघ १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
विशेष कारणवश बैठक स्थगित गरिएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि पुस २२ बाट पुस २८ गते सारिएको बैठक त्यसपछि फेरि माघ १५ गतेलाई सारिएको थियो। बैठकमा प्रतिनिसिभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे समीक्षा गर्ने कार्यसूची तोकिएको थियो।
बैठक पटक पटक सरेका कारण कांग्रेसले चुनाव सकिएको दुई महिना नाघिसक्दा पनि समीक्षा गर्न सकेको छैन।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







