बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

news-details

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

राष्ट्रपति निर्वाचनलगायत विषयमा उनीहरूबीच कुराकानी भएको बताइएको छ ।

राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गरिनुपर्ने बताइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया