संसद भवन अगाडि आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका आचार्यको निधन
- माघ ११, २०७९
- 0
काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।
ब्यावसायिक जीवनमा असफलता भोगेको भन्दै मंगलबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए । प्रहरीले तत्कालै आगो निभाएर उनलाई अस्पताल पुर्याए पनि उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।
अस्पतालले ज्यादै गम्भीर अवस्थामा अस्पताल ल्याइएकाले बचाउन नसकेको बताएको छ ।
३७ वर्षीय आचार्यले आत्मदाह गर्नुअघि लामो वक्तब्य फेसबुकमा पोस्ट गर्दै ब्यावसायिक जीवनमा सबैतिरबाट असहयोग भएको र आफू लुटिएको बताएका थिए । उनले आफूलाई ठगी गर्ने दर्जनौं ब्यक्ति तथा ब्यावसायिक कम्पनीहरुमाथि गम्भीर आरोप लगाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







