नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङजाको अध्यक्षमा मेघ प्रनेश
- माघ १०, २०७९
- 0
नेपाल कम्युनिष्ट पार्टी एमाले निकट जातीय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज स्याङजाको अध्यक्षमा मेघ प्रनेश चयन भएका छन ।
समाजको सातौ जिल्ला सम्मेलनले प्रनेशको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष मेघ प्रनेश आधिखोला–३ (बिचारी चौतारा) निवासी हुन । सानै उमेरदेखि मानबता भेदभाब बिरुद्धको आवाज उठाउदै विभिन्न आन्दोलनमा सरिक हुदै आएका प्रनेशले विभिन्न पदमा रहेर जिम्मेवारी बहन गरिसकेका छन ।
प्रनेश वि.सं. २०४७ मा अनेरास्ववियु राष्ट्रीय माबि प्रा. क. सदस्य, वि.सं. २०५२ मा प्रबासी नेपाली संघ भारतको साधारण सदस्य तथा प्रारम्भिक कमिटी कोषाध्यक्ष आन्ध्र प्रदेश, प्रबासी नेपाली मञ्च कतारको कोषाध्यक्ष, तत्कालिन नेकपा एमाले जिल्ला कमिटी सदस्य हुदै अहिले नेपाल उत्पीडित जातिय मुक्ती समाज स्याङ्गजाको जिल्ला अध्यक्ष्यको जिम्मेवारीमा पुगेका हुन ।
समाजले मानव भेदभाद बिरुद्ध आवाज उठाउँदै उत्पीडित जातिहरुको उत्थानका लागि विभिन्न कार्य गर्दै आइरहेको छ । स्याङजाको पुतलीबजारस्थित सिटी हलमा सम्पन्न उक्त सम्मेलनमा जिल्लाभरबाट प्रतिनिधीहरु सहभागी भएका थिए ।












