लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

news-details

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन ।

बिहीबार दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन ।

८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादीको १ र २ स्वतन्त्र सांसदहरु सहित ५८ जनाले पक्षमा मतदान गरे ।

विपक्षमा २८ मत खसेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया