सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता
- माघ ४, २०७९
- 0
सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको छ ।
संसद भवन नयाँ बानेश्वर पुगेर न्यौपनेले उम्मेदवारी दर्ता गरेकी हुन ।
उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला छन ।
सभामुख निर्वाचन भोलि हुँदैछ ।
आज नै एमाले नेता देवराज घिमिरेले पनि सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







