सभामुखको निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै
- माघ ४, २०७९
- 0
सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए ।
बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनको भनाइ छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







