डा. श्रेष्ठको शोकमा राष्ट्रिय ट्रमा सेन्टरको ओपीडी सेवा बन्द

news-details

राष्ट्रिय ट्रमा सेन्टरमा ओपीडी सेवा बन्द गरिएको छ । आइतबार विमान दुर्घटनामा परेर निधन भएका डा. शुशील श्रेष्ठको शोकमा ट्रमा सेन्टरको ओपीडी र प्रशासन सेवा बन्द गरिएको हो ।

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान विहान १०:५१ मा पोखराको सेती खोंचमा दुर्घटना परेको थियो । विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएको थियो । उनको शोकमा सोमबार सेन्टरको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सेन्टरमा निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।

विमान दुर्घटनामा डा. श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र १० महिने छोराको निधन भएको थियो । निर्देशक डा।मरासिनीले भने– ‘विगत ६ वर्षदेखि डा।सुशीलले काम गर्दै आउनुभएको थियो, हिजो विमान दुर्घटनामा सपरिवार परेकोले सेन्टर शोकमग्न छ । ट्रमा सेन्टरको प्रशासन र ओपीडी बन्द गरिएको छ । आकस्मिक सेवा मात्र दिइरहेका छौ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया