गण्डकीको सभामुखमा धिताल निर्वाचित

news-details

गण्डकी प्रदेशको बिहीबार सम्पन्न प्रदेश सभामुखको निर्वाचनमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन । धिताल गठबन्धनका तर्फबाट एमाले र राप्रपाको सहयोगमा निर्वाचित भएका हुन ।

उनको प्रस्तावकमा रोशन गाहामगर र समर्थकमा फणीन्द्र देवकोटा रहेका थिए । उनले ३२ मत प्राप्त गरे । मुख्यमन्त्रीको विश्वासको मतमा सहभागिता नजनाएका स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०ले संसदमा उपस्थित भई सत्ता गठबन्धनको तर्फबाट धिताललाई मतदान गरेका छन ।

धितालका निकटतम प्रतिद्वन्द्वी प्रतिपक्षी दल नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरिन । नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी निर्वाचनमा अनुपस्थित हुँदा पाउनुपर्ने २७ मतमा २६ मत प्राप्त गरेकी हुन ।

उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुनुहुन्छ । सभामुखको उम्मेदवारीमा अर्यालको प्रस्तावकमा कांग्रेसकै डिल्लीराम सुवेदी र समर्थकमा डा टकराज गुरुङ रहेका थिए । ६० सदस्य रहेको गण्डकी प्रदेशमा सत्तागठबन्धनमा ३३ मत छ भने प्रतिपक्षतर्फ २७ मत छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया