राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलले दिए निवेदन
- पुस २९, २०७९
- 0
राष्ट्रिय सभा उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्।
आयोगले पुस २५ देखि २८ गतेसम्म दल दर्ता गरिसक्न समय दिएको थियो।
माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ता निवेदन दिएका हुन्।
स्थानीय तहमा प्रतिनिधित्व रहेका लोसपा र जनमत पार्टीले भने राष्ट्रिय सभा उपचुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएका छैनन्।
लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य पद रिक्त छ। एक सिटका लागि माघ २५ मा उपचुनाव हुनेछ।
आयोगका अनुसार माघ ११ मा उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम छ।
राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







