प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

news-details

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएको घोषणा भएको छ।

आज बिहीबार प्रदेशसभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।

संसद् सचिवालयका प्रमुख गोपाल पराजुलिका अनुसार १ बजे शपथ ग्रहण हुने उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने जानकारी दिए। प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया