बागमतीमा सभामुखको उम्मेदवारी दर्ता आज, भोलि निर्वाचन
- पुस २८, २०७९
- 0
बागमती प्रदेशसभाको सभामुख लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।
आज बिहान साढे १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आजै दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र अपरान्ह ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।
सभामुखको निर्वाचन भने भोलि पुस २९ गते बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा हुने सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठकले सभामुख पदको उम्मेदवार दिने बताइएको छ । सत्ता गठबन्धनले प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा र उपसभामुख एमालेलाई भाग लगाएको थियो ।
सभामुखको लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवारको टुंगो लगाएको छैन् ।
प्रदेश सभाको उपसभामुख चयनको प्रकिया भने केहिदिन पछि गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।










