प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णय, सरकारमा भने सहभागी नहुने

news-details

नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा भने सहभागी नहुने निर्णय गरेको हो ।

नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई हिजो मात्र प्रधानमन्त्री प्रचण्डले भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

विश्वासको मत दिने वा नदिने भन्ने विषयमा आज विहानै नेपाली काँग्रेसका पदाधिकारीको बैठक बसेको थियो भने त्यस लगत्तै काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक पनि बसेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया