राहदानी विभागको अवरुद्ध सेवा सुचारु
- पुस २४, २०७९
- 0
राहदानी विभागको विद्युतीय पासपोर्टको प्रमाणिकरणमा पुस १७ गतेदेखि आएको समस्या समाधान भएसँगै सेवा सुचारु भएको छ ।
विभागका प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सेवामा आएको सुस्तता हाल समाधान भइसकेको जानकारी गराएका छन् ।
त्यस्तै, विभागले आफ्नो मोबाइलमा एसएमएस आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार भएको जानकारी प्राप्त भएपछि विभागमा लिन आउन पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।
विभागमा सेवा अवरुद्ध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समाधानका लागि निर्देशन पनि दिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








