प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

news-details

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दाबी पेस गर्न दिएको समयभित्रै आइतबार अपराह्न ४ बजे नेता कार्कीले प्रदेश सभाका ६० सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गरेका हुन ।

प्रदेश सभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा दुई तिहाइ नजिक सांसदको समर्थनमा उनले मुख्यमन्त्री दाबी गरेका हुन ।

प्रदेश सभामा रहेका नेकपा एमालेका ४०, माओवादी केन्द्रको १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेश सभा सदस्यले नेता कार्कीलाई समर्थन गरेका छन ।

प्रदेश सभामा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेश प्रमुख खापुङले दुई वा सो भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि आइतबार साँझसम्मको समय दिएका थिए ।

कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेता प्रदेश प्रमुखको कार्यालय उपस्थित भएका थिए । प्रदेश प्रमुखले नेता कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने बताइएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया