राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने मन्त्रिपरिषद्‍को निर्णय

news-details

रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित खिमलाल भट्टराईले मंसिर ४ को निर्वाचनअघि राजिनामा दिएपछि एक पद रिक्त भएको थियो । सो पदमा उपनिर्वाचन गर्न मन्त्रिपरिषदले बिहीबार निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले सोही मितिमा उपनिर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग पनि परामर्श गरेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया