आजको मौसम: तराईमा हुस्सु, हिमाली भेगमा हिमपात हुने
- पुस १५, २०७९
- 0
देशैभर तापक्रम घट्दै गएकाले चिसो दिनानुदिन बढ्दै गई रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा बाक्लो हुस्सु लाग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रवार बिहानै देखि काठमाडौँ लगायतका क्षेत्रको आकाश धुम्मिएको छ । दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको विज्ञप्तिमा उल्लेख छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







