प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल
- पुस १३, २०७९
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेका हुन । अहिले उनीहरुबीच छलफल भइरहेको छ ।
यसअघि बुधबार बिहान नै प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल पनि दुई नेताबीच छलफल भैरहेको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







