आजको मौसम : चिसो बढ्ने क्रम जारी, हिमाली भेगमा हिमपातको सम्भावना
- पुस १२, २०७९
- 0
देशैभर न्यूनतम तापक्रममा सुधार आएसँगै दैनिक जसो चिसो बढ्ने क्रम जारी छ । चिसोका कारण जनजीवनमा सामान्य प्रभाव पारेको छ भने आज देशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा भने सफा हुने महाशाखाले जनाएको छ ।
मौसम बदली भइरहँदा देशभरको तापक्रम पनि निरन्तर घटिरहेको छ । यता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि आज ४.४ मापन भएको छ । यता जोमसोम, जिरी, जुम्ला लगायतका हिमाली भेगको तापक्रम माइनस भन्दा तल मापन भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







