त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ
- पुस ८, २०७९
- 0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।
एकै व्यक्तिले ठूलो मात्रामा सुन ल्याएको यो पहिलो पटक भएको भन्सार कार्यालयको दाबी छ ।
उनले ल्याएको झोलाबाट १९ केजी ९ सय ग्राम सुन बरामद गरिएको हो । अहिले बरामदको पक्रिया चलिरहेको भन्सार कार्यालयले जनाएको छ ।
बरामदी पक्रिया सकिएपछि उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







