फोहोर व्यवस्थापनमा कुनै समस्या छैन
- पुस ८, २०७९
- 0
काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहोर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन ।
उनले भने, “फोहोर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।” प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहोर व्यवस्थापन भइरहेको छ । उपत्यकाका १८ स्थानीयतहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहोर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो । अहिले निजी र कामपाका करिब दुई सय गाडीले दैनिक फोहोर व्यवस्थापन गर्दै आएका छन् ।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







