सांसदहरूको शपथग्रहण अगाडि सर्वदलीय बैठक बस्दै
- पुस ७, २०७९
- 0
नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बस्नेछ ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







