एमालेको सचिवालय बैठक बस्दै
- मंसिर २४, २०७९
- 0
नेकपा (एमाले) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको हो ।
शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर शनिबारका लागि सारिएको थियो ।
बैठकमा समानुपातिकतर्फका सांसदको छनौट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गरेको एमालेले प्रतिनिधि सभामा समानुपातिकबाट ३४ सिट पाएको छ ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउँदै ३ दिनभित्र बन्द सूचीमा रहेका नामबाट समावेशी सिद्धान्त अनुसार सांसद बन्नेहरुको नाम दिन भनेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







