कुहिने फोहरबाट मल बनाउन काठमाडौं महानगरले ‘कम्पोष्ट बिन’ उपलब्ध गराउने
- मंसिर २३, २०७९
- 0
काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान थालेको छ।
महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो। महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ।
महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको जनाएको छ। त्यसका लागि महानगरपालिकाको वातावरण तथा कृषि विभागमा सम्पर्क गर्न भनेको छ। एउटा बिनका लागि १५ सय रुपैयाँ लाग्ने छ।
महानगरले कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न महानगरबासीलाई भनेको थियो। तर त्यो अभियान सफल हुन नसकेपछि महानगरले बिन वितरणको अभियान थालेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








